नेकपा एमालेद्वारा संसद् अवरुद्ध भएको ६ महिना पुरा

होमल्याण्ड खबर

२०७८ फाल्गुन २४ गते, मंगलवार १४:४६ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरोध गरेको ६ महिना पुरा भएको छ ।

एमाले छाडेका १४ सांसदलाई कारबाही गर्नुपर्ने मागसहित संसद् अवरोध शुरु गरेको एमालेले अहिले भने सभामुखको राजीनामा पनि माग गरिरहेका छन् । लामो समयसम्म संसद् अवरोध गर्ने दलको इतिहास रचेको एमालेले अहिले फेरि आफ्नै इतिहास ताड्ने देखिएको छ ।