सत्ता गठबन्धन तोड्न षडयन्त्र भएको माधव नेपालको जिकीर

होमल्याण्ड खबर

२०७८ फाल्गुन २५ गते, बुधबार १३:४६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको जिकीर गरेका छन् । काठमाडौंमा जारी पार्टीको केन्द्रीय कमिटीको बैठकमा आज उनले सो अभिब्यक्ति दिएका हुन् ।

नेपालले भने, ‘गठबन्धनमा रहेका दलहरुको बीचमा विश्वास छ । तर, गठबन्धन तोड्नका लागि भयंकर षडयन्त्रहरु भइरहेका छन् ।’ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने बेलामै गठबन्धन फुटाउन खोजेको तर ब्याख्यात्मक घोषणामार्फत एमसीसी अनुमोदन गरेर गठबन्धन बचाउन सफल भएको उनले बताए ।

अध्यक्ष नेपालले एमसीसीमा ब्याख्यात्मक घोषणा भएकाले पार्टीले उठाउँदै आएको एजेण्डा सम्बोधन भएको रुपमा बुझ्न समेत नेतारकार्यकर्तालाई आग्रह गरेका छन् । ‘एमसीसीका विषयमा पार्टीले निर्णय गरिसकेको छ । पार्टीको निर्णय सबैले मान्नुपर्छ’ उनले भने ।

‘एमसीसीका नाममा गठबन्धन तोड्ने प्रयास भएको थियो, सुरुमा ९एमसीसी० संसदमा लैजाने केपी ओली नै रहेको र अहिले निःशर्त समर्थन गर्ने पनि ओली नै रहेको अध्यक्ष नेपालको भनाइ छ ।