१ चैत्र २०८२, आईतवार
प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनाउँदैमा सत्तारुढ नेपाली कांग्रेस नबौरिने बताएका छन् ।
बुधबार मोरङको रंगेलीमा आयोजित तराई मधेश वृहत आमसभालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई बचाउन आयोगले चुनाव चिन्ह सबै हरियो बनाएकोमा आपत्ति जनाउँदै चुनाव चिन्ह हरियो बनाउँदैमा कांग्रेस नबौरिने उनले बताए ।


उनले भने, ‘बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनायो । चुनाव चिन्ह हरियो हुँदा काँग्रेस बौरिँदैन ।’ अध्यक्ष ओलीले आयोगले चुनाव चिन्ह हरियो राखेकोमा आपत्ति पनि पनि जनाए ।
अध्यक्ष ओलीले कांग्रेससँग देश बनाउने भिजन नभएको र कांग्रेसको दाँतमात्र होइन रुख नै सुकिसेको पनि बताए । उनले भने, ‘काँग्रेससँग देश बनाउने, नीति पनि छैन, विचार पनि छैन । काँग्रेस एमालेको विरुद्धमा जान सक्दैन, अब काँग्रेसको दाँत मात्रै झरेको होइन रुखै सुकिसकेको छ ।’
आमसभामा माओवादी केन्द्रबाट निर्वाचित रंगेलीका प्रमुख दिलिपकुमार बगडिया र उपप्रमुख केशवकुमारी खराललगायतलाई केही वडाका वडाध्यक्षहरु पनि एमालेमा प्रवेश गरेका छन् । सबैलाई एमालेमा अविर लगाएर प्रवेश गराएपछि ओली आयोग र कांग्रेसविरुद्ध खनिएका थिए ।