एमसीसी फेल भए राजिनामा दिने अध्यक्ष दाहालको घोषण

होमल्याण्ड खबर

२०७८ फाल्गुन २९ गते, आईतवार ११:५३ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै यो विषयलाई हाल एक अपीलमार्फत एउटै भाषा बनाउने र चुनावपछि छलफल हुने बताएका छन् । उनले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनीसमेत दिए ।

प्रचण्डले भने एमसीसीबारे पार्टीभित्र चुनावपछि छलफल हुने र यो बैठकबाट फेल भए आफूले नैतिकताका आधारमा अध्यक्षबाट राजीनामा दिने घोषणा समेत गरे ।

उनले आफ्नै संगठन बलियो बनाएर पार्टी चुनावमा होमिने पनि बताए । तर, स्थानीय तहमै तालमेल भए गठबन्धन बनाएर अगाडि जान सकिने उनको धारणा छ । सभामुखले संविधानअनुसार आफ्नो भूमिका खेल्दा पनि परिवर्तन विरोधी भूमिकामा रहेको एमालेले बखेडा झिकिरहेको आरोप प्रचण्डले लगाए ।