२४ बैशाख २०८३, बिहीबार
प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्।
प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव अघि बढेका बेला प्रधानमन्त्री प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्न पुगेका हुन्। प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा राणाविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल गर्न मिति र समय तोक्ने कार्यसूची छ।


प्रधानन्यायाधीश राणाविरुद्ध माओवादीका प्रमुख सचेत देवप्रसाद गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एस)का प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्ताव र ९५ जना सांसदहरु समर्थक रहेर गत फागुन १ गते महाअभियोगको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका थिए।
अहिले भर्खर बालकोट पुगेका देउवा र ओलीबीच महाभियोगसँगै अन्य समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ।