१ चैत्र २०८२, आईतवार
सर्वोच्च अदालतले एमालेले कारबाही गरेको माधव नेपालसहित १४ सांसदहरूमाथि अन्तिम सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ। न्यायाधीशद्वय ईश्वर प्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले माधव नेपालसहित १४ सांसदहरू माथिको मुद्दामा अन्तिम सुनुवाइका आदेश दिएको हो।
नेकपा एमालेले निष्कासन गरेका प्रतिनिधिसभाका सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्चले पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो।


नेकपा एमालेले निष्कासन गरेका १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरी गैरकानूनी काम गरेको भन्दै एमाले अदालत गएको थियो। नेकपा एमालेले माधव नेपालसहित १४ सांसदलाई निष्कासन गर्न गत भदौ १ गते संसद् सचिवालय र निर्वाचन आयोगमा पत्र पठाएको थियो। एमालेले आफ्ना दलका पुर्वसांसदहरू माधव नेपाल, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, लक्ष्मीकुमारी चौधरी, कलिला खातुन, कल्याणी खड्कालाई सांसद पदबाट हटाउन भन्दै एमालेले संसद् अवरोध कायमै राखेको छ।