१ चैत्र २०८२, आईतवार
स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न वैशाख ११ र १२ गतेका दिन छुट्याइएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याएको हो ।
उजरी दर्ता र त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिने निर्बाचन आयोगले बताएकोे छ ।


उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते समय दिइने छ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने र १७ गते चुनाव चिन्ह प्रदान गरिने जनाइएको छ ।
वैशाख ३० गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ । त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेखि मौन अवधि लागू हुने छ ।
