मन्त्रिपरिषद् बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ चैत्र ६ गते, आईतवार १४:३२ मा प्रकाशित

मन्त्रिपरिषद् बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ । मन्त्रिपरिषद् बैठक आह्वान गरिएको सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले जानकारी दिइन् । सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आए पनि आज आइतबार बैठक बोलाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाए पनि बैठकका एजेन्डाबारे केही जानकारी भने नभइसकेको उनले बताइन् ।