एमाले केन्द्रीय कमिटीको बैठक सुरु

होमल्याण्ड खबर

२०७८ चैत्र ९ गते, बुधबार १२:२० मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको हो । स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न बुधबार र बिहीबार गरी दुई दिन केन्द्रीय कमिटीको बैठक बोलाइएको हो ।

बैठकमा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन् । उनले आगामी निर्वाचनमा पार्टीलाई कसरी देशभर विजयी गराउने भन्ने विषयमा नेताहरूलाई निर्देशन दिएका छन् ।