यो निर्वाचन राष्ट्रिय स्वाभिमान र बाह्य शक्तिबीच हुँदैछ : अध्यक्ष अ‍ोली

होमल्याण्ड खबर

२०७८ चैत्र ९ गते, बुधबार १६:३५ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको निर्वाचन जनादेश र परमादेशबीच हुने बताएका छन् । बुधबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन दुई पक्षबीच हुने बताएका हुन् ।

‘यो निर्वाचन सामान्य, नियमित र सहज अवस्थामा हुँदै छैन, यो त जनादेश र परमादेशबीचको जनमत संग्रहका रुपमा हुँदैछ, राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिका लागि कम्फर्टेबलका बीचमा हुँदैछ, राजनीतिक स्थायित्वका पक्षधर र अस्थिरताका संवाहकबीच हुँदैछ’ उनले प्रतिवेदनमा भने ।