१ चैत्र २०८२, आईतवार
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसित चिनियाँ विदेशीमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा दुईपक्षीय आपसी हितका विविध विषयमा विचार–विमर्श भएको बताइएको छ ।
आज बिहान ओली र वाङबीच काठमाडौंको मेरियट होटेलमा भेटवार्ता भएको हो । त्यसक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताहरू पनि उपस्थित थिए । वाङले आजै सत्तासाझेदार दल नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सित पनि भेटवार्ता गर्नेछन् ।


तीनदिने नेपाल भ्रमणका क्रममा गएको शुक्रबार नेपाल आएका वाङ आजै स्वदेश फर्कने छन् ।