‘नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन दिन्नौँ’: प्रचण्ड

होमल्याण्ड खबर

२०७८ चैत्र १३ गते, आईतवार १५:२६ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्त भएको छ ।

तीन दिने नेपाल भ्रमणमा रहेका विदेशमन्त्री वाङ र ‘प्रचण्ड’बीच आईतबार भेट भेटवार्ता भएको हो । भेटवार्तामा बीआरआई परियोजना कार्यान्वयनमा लैजाने छलफल भएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

भेटवार्तापछि वर्तामा सहभागी माओवादी नेता शक्ति बस्नेतले बीआरआई बारे सकारात्मक छलफल भएको बताए ।

‘उहाँहरुबीच बीआरआई लगायतका परियोजना अघि बढाउनेबारेमा कुराकानी भयो। साथै दुई देशबीचको व्यपपार सन्तुलनका साथै व्यपार घाटा कम गर्नेबारेमा पनि कुराकानी भयो,’ उनले भने, ‘दुई देशबीचका नाका नियमित र सन्तुलित गर्नेबारेमा चर्चा भयो ।’

त्यस्तैगरी छलफलका क्रममा दुई देश र दुई पार्टी बीचको सम्बन्धबारेमा पनि चर्चा भएको नेताहरुले बताएका छन् । भेटका क्रममा प्रचण्डसामू विदेशमन्त्रीले नेपालका सबै पार्टीहरुसँग सम्बन्ध सुदृृढ गर्दै लैजानेक्रममा रहेको बताएका छन् ।

साथै मन्त्री वाङलाई अध्यक्ष प्रचण्डले नेपाली भूमीमा चीन विरोधी गतिविधि हुन नदिने प्रयास गर्ने भन्दै मन्त्री वाङलाई बिश्वास दिलाएको बताइएको छ ।