१ चैत्र २०८२, आईतवार
नेपाली कांग्रेसको केन्द्रीय कमिटीको बैठकले सर्वसम्मतीका आधारमा आवश्यकता र अवस्था हेरेर आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ ।
बैठकपश्चात कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले आवश्यक्ता र अवस्थाका आधारमा आगामी स्थानीय तह निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय भएको बताएका हुन् ।


उनका अनुसार यसअघि निर्वाचनका सवालमा पार्टी दुई भागमा विभाजित भएको भनिएपनि मंगलबारको बैठकले त्यो पूर्ण रुपमा चिरेको छ ।
मंगलबारको बैठक जीवन्त भएको र सबैले निर्धक्कपूर्ण आफ्नो विचारहरु पेश गरेको उनले जानकारी दिए ।