गठबन्धन गर्ने कांग्रेस निर्णयपछि प्रचण्ड गृह जिल्ला चितवनमा

होमल्याण्ड खबर

२०७८ चैत्र १६ गते, बुधबार ११:४६ मा प्रकाशित

स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन पुगेका छन् ।

चिवतनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युुत सबस्टेसनको उद्घाटन गर्नेछन् । त्यसपछि भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिल्यान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्टहल उद्घाटन गर्नेछन् ।

निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष प्रचण्डको चितवन दौडधुप बढेको छ । चितवन कांग्रेसले निर्वाचनमा गठबन्धनको विरोध गरेको छ ।

अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा प्रचण्ड नेतृत्वको माओवादीले राजनीतिक बेइमानी गरेको आरोप चितवन कांग्रेसको छ ।