१ चैत्र २०८२, आईतवार
प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भोलि (शुक्रबार) भारत जाँदै छन् ।
प्रधानमन्त्रीको भारत भ्रमणमा चार मन्त्री पनि सहभागी हुने भएका छन् । आज (बिहीबार) बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार मन्त्री पनि भारत भ्रमणमा जाने निर्णय गरेको हो ।


प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा भारत भ्रमणमा जाने निणर्य भएको एक मन्त्रीले जानकारी दिएका छन् ।
प्रधानमन्त्री देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । मोदीसँग भेटघाटपछि प्रधानमन्त्री देउवा वनारस जाने कार्यक्रम तय भएको यसअघि नै भारतीय विदेश मन्त्रालयले जनाइसकेको छ ।