१ चैत्र २०८२, आईतवार
स्थानीय निर्वाचनको मतगणना स्थलमा सीसीटीभी जडान गरिनेनिर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतगणना स्थलमा सीसीटीभी जडान गर्ने भएको छ । विहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतगणना स्थलको हकमा सबै ठाउँमा सीसीटीभीको व्यवस्था गराइने जानकारी दिएका हुन् ।
उनले सीसीटीभीको निगरानी आयोगले गर्ने जानकारी दिए । त्यस्तै प्रवक्ता पौडेलले सबै निर्वाचन केन्द्रमा सीसीटीभी जडान गर्न भने नसकिएको बताए । त्यस्तै उनले स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन जारी गरिएको उल्लेख गरे ।


स्थानीय तह निर्वाचन, २०७९ को व्यवस्थापन र सञ्चालनलाई लैंगिक तथा समावेशी बनाइ महिला तथा समावेशी समूहका व्यक्तिहरूलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउन पनि ध्यानाकर्षण गराइएको उनले बताए ।
त्यस्तै आयोगका कल सेन्टरमा तीनसय भन्दा बढी जिज्ञासा आएको प्रवक्ता पौडेलले बताए ।