गठबन्धन बैठक: रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी समिति गठन

होमल्याण्ड खबर

२०७८ चैत्र २२ गते, मंगलवार ११:४९ मा प्रकाशित

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । बैठकमा प्रधानमन्त्री देउवाले भारत भ्रमणका बारेमा ब्रिफिङ गरेका थिए ।

त्यस्तै, सत्तारुढ गठबन्धनको तर्फबाट रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।

‘देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग एक वृहत अन्तरक्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय भयो,’ मल्लले भनेका छन् ।