१ चैत्र २०८२, आईतवार
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र परिवर्तनका एजेण्डा बचाउन तथा प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्न फेरि लडनुपर्ने बेला आएको बताएका छन् । गृहजिल्ला चितवन पुगेका प्रचण्डले विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका युवाहरुलाई पार्टीमा स्वागत गदै अव भिडन तयार रहन् निर्देशन दिएका छन् ।
प्रतिक्रियाबादीहरुले माओवादीलाई कमजोर बनाउन, चितवनमा भईरहेको समृद्धि र विकासबाट आतंकित बनेर प्रचण्डलाई कसरी हराउने ? माओवादीलाई कसरी कमजोर बनाउने भनेर लागेको भन्दै प्रचण्डले त्यस्ता प्रतिक्रियावादीहरुको सामना गर्न र संविधान, देश र परिवर्तनका एजेण्डाको रक्षाका लागि फेरि लडनुपर्ने बेला आएको बताएका हुन् । उनले इटको जवाफ पथ्थरले दिन निर्देशन गदै भने, ‘जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन लड्नैपर्छ । देशपनि लडेरै बचाउने हो, संविधानपनि लडेरै बचाउने हो । लड्ने भनेको हतियार उठाउने होइन कसैले गुण्डागर्दी गर्छ भने इँटको जवाफ पत्थरले दिने भनेको हो ।’


प्रचण्डले एकथरी शक्तिहरु माओवादी केन्द्रलाई कमजोर पार्नुपर्छ र सम्पूर्ण अधिकार केन्द्रीत गरेर केन्द्रीकृत निरंकुशता लाद्न सकिन्छ भनेर लागेको पनि बताए । चितवनमा माओवादीले गरेको विकास देखेर प्रतिक्रियावादीहरु अत्तालिएको प्रचण्डले बताए । ‘चितवनको विकासका लागि भौतिक पूर्वाधार, शिक्षा स्वास्थ्यदेखि नदी तटबन्ध लगायत तमाा काम माओवादीको नेतृत्वमा भएको छ । माओवादीले जतिधेरै जनताको पक्षमा काम गरेको छ त्यति नै धेरै प्रतिक्रियावादीहरु माओवादीविरुद्ध षड्यन्त्रमा लागेका छन्’, प्रचण्डले भने ।
यस अगाडी चितवनमै प्रचण्डले चितवनका ४६ घर दलित सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण गर्दै आउने स्थानीय तह चुनावमा धेरै महिलालाई पालिका प्रमुख र मेयर बनाउने सोचमा आफु रहेको बताएका थिए ।
‘महिलालाई धेरै ठाउँमा पालिका प्रमुख र मेयर बनाउने विचार छ, बेइमानी जालझेल षड्यन्त्र धेरै नै कम हुँदो रहेछ । जिम्मेवारी बेग्लै खालको हुन्छ महिलाको’ प्रचण्डले भने, ‘एकचोटी महिलालाई धेरै नै जिम्मेवारी दिएर हेरौं भन्ने छ । केही बिग्रदैन, यत्रो वर्षदेखि पुरुषले राज गरेर आइयाछ । केही वर्ष महिला राज हेरिहेरौं न त । हुन सक्छ नि त, किन सक्दैन रु’
उनले चितवनमा भएको विकास देखेर अहिले आफुलाई पनि छोरीका नाममा चिनिनु परेको बताए । प्रचण्डले भने, ‘युद्ध कालदेखि राजनीतिमा रेणुको आफ्नै त्याग–तपस्या थियो । तर, २०७४ सालको चुनावमा रेणु चितवन आउँदा प्रचण्डको छोरी आइन् भन्ने गर्थे । अहिले त्यो फेरिएको छ । अहिले रेणुको बुवा प्रचण्ड भनेर चिनिन थालेको छु । युद्ध कालदेखि राजनीतिमा रेणुको आफ्नै त्याग–तपस्या थियो । तर, २०७४ सालको चुनावमा रेणु चितवन आउँदा प्रचण्डको छोरी आइन् भन्ने गर्थे । अहिले त्यो फेरिएको छ । अहिले रेणुको बुवा प्रचण्ड भनेर चिनिन थालेको छु ।’