१ चैत्र २०८२, आईतवार
स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बैठक बस्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतालाई छलफलका लागि बोलाएको काँग्रेसका एक नेताले जानकारी दिए ।


प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाले काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासँग स्थानीय तहको निर्वाचनबारे छलफल गर्न लागेका हुन् । स्थानीय तह निर्वाचनको तयारी र देखापरेका चुनौतीका विषयमा छलफल हुने बुझिएको छ ।