आर्थिक समस्यामा भन्दा आफ्नै स्वार्थ पूरा गर्नमा सरकार केन्द्रित छ : एमाले (पूर्णपाठसहति )

होमल्याण्ड खबर

२०७८ चैत्र २७ गते, आईतवार १५:१४ मा प्रकाशित

नेकपा एमालेबाट बनेका तीन जना पूर्व अर्थमन्त्रीहरूले सरकारले अहिले आर्थिक समस्या समाधानमा ध्यान दिन छाडेर स्वार्थ पूरा हुने काममा लागेको आरोप लगाएका छन् ।

आज आइतवार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर पूर्व अर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाले सरकारका गलत क्रियाकलापले नै अर्थतन्त्र धराशायी बन्न थालेको आरोप लगाएका हुन् ।

‘गठबन्धन सरकारले आर्थिक अध्यादेशमाथि खेलबाड गर्‍याे । नेकपा (एमाले) को सरकारले अध्यादेशमार्फत ल्याएको लोकप्रिय बजेटलाई आफ्नो निहित स्वार्थ अनुकूल परिवर्तन गर्ने दुराशय सरकारले राख्यो । समयमा नै बजेट पारित नगर्दा देशको इतिहासमा नै पहिलो पटक देश बजेटविहीन अवस्थाबाट गुज्रिनुपर्‍याे’, विज्ञप्तिमा भनिएको छ ।

बजेट ल्याउन गरिएको ढिलाइ र समयमा नै मौद्रिक नीति ल्याउन अर्थमन्त्रीले रोकेकै कारण मौद्रिक क्षेत्रमा देखिएका समस्या राष्ट्र बैंकले समयमा नै सम्बोधन गर्न नपाएको र त्यसको नतिजा स्वरूप आज वित्तीय सङ्कटतिर जानुपरेको एमालेको दाबी छ ।

तीन जना पूर्व अर्थमन्त्रीले निकालेको संयुक्त विज्ञप्ति यस्तो छ–