पाँच दलीय गठबन्धन एकताबद्ध रहेको सन्देश दिन आजै अपिल जारी हुने

होमल्याण्ड खबर

२०७८ चैत्र २८ गते, सोमबार ११:१५ मा प्रकाशित

स्थानिय तह निर्वाचनमा गठबन्धन गरेका दलहरु बिचमा सहमति हुन नसकेको सन्देशलाई चिर्नका लागि पाँच दलीय गठबन्धनका शिर्ष नेताहरुले संयुक्त अपिल जारी गर्ने भएका छन । प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको सत्तारुढ गठबन्धनको शिर्ष नेताहरुको बैठकमा संयुक्त अपिल जारी गर्ने बिषयमा सहमति भएको हो ।

उक्त सहमति पछि आजै अपिल जारी हुने नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन । गठबन्धनका मोडालिटी र मापदण्डका बारेमा शिर्ष नेताहरुसहित पाँच दलीय गठबन्धनको तयारी तथा अनुगमन संयन्त्रका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको बैठक जारी छ ।