ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पाँच दलका शीर्ष नेताहरुको अपिल

होमल्याण्ड खबर

२०७८ चैत्र २८ गते, सोमबार ११:५९ मा प्रकाशित

सत्तारुढ पाँच दलले आशन्न स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्था हेरेर तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् । तालमेलको मोडालिटीबारे टुंगो लगाउन नसकिसकेका बेला सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गरेका छन् ।

उनीहरूले भनेका छन्, ‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न पाँच दलका साथीहरूलाई आहृवान गर्दर्छौं ।’