मन्त्रिपरिषद बैठकको निर्णय: पुष्पराम केसी सशस्त्र प्रहरीको महानिरीक्षकमा नियुक्त

होमल्याण्ड खबर

२०७८ चैत्र ३० गते, बुधबार १३:५६ मा प्रकाशित

बुधबार बसेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीको आईजीपीमा ​पुष्पराम केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

कार्य तथा सीमा सुरक्षा विभागको प्रमुखसमेत रहेका केसीलाई आईजीपीमा बढुवा गर्ने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।

२०४९ वैशाख १९ मा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भएको केसी हाल सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक ९एआईजी० मध्ये वरियता क्रमको पहिलो स्थानमा थिए ।

उनको अवकाश आउदो २०७९ वैशाख १८ मा हुँदैछन् । तत्कालीन आईजीपी शैलेन्द्र खनालले आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेपछि रिक्त रहेको पदमा केसीले नै निमित्त महानिरीक्षकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।