होमल्याण्ड खबर
२०७९ बैशाख २ गते, शुक्रबार ०९:४६ मा प्रकाशित
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुने प्रवक्ता डाक्टर प्रकाशरण महतले जनाकारी दिएका छन् ।
बैठकमा वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनसम्बन्धी छलफल केन्द्रित हुने छ। जहाँ उमेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको छ। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुंगो लगाउने जिम्मा सहमहामन्त्रीहरुलाई दिएको छ ।