निलम्बित गभर्नरले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता

होमल्याण्ड खबर

२०७९ बैशाख ५ गते, सोमबार १७:१९ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । आइतबार अधिकारीले अदालतमा पेस गरेको रिट निवेदन आज दर्ता भएको हो ।

निलम्बित गभर्नरमाथि छानबिन गर्न सरकारले पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्यीय समितिसमेत बनाएको छ । समितिलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ ।

सरकारले गैरकानुनी तबरबाट आफूलाई कारबाही गरेको अधिकारीको आरोप छ ।सरकारलाई सहयोग नगरेको, गोप्य सूचनाहरु चुहावट गरेकोलगायत आरोप लगाएर सरकारले अधिकारीलाई निलम्बित गरेको थियो ।

रिट दर्तासँगै रिटको पेसी पनि मंगलबारका लागि तोकिएको छ ।