१ चैत्र २०८२, आईतवार
सत्ता गठबन्धनको आजको बैठक दिउँसो २ बजेलाई सारिएको छ । यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने जनाइएके छ ।
गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।

