१ चैत्र २०८२, आईतवार
नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पहिलो सुनुवाइ हुँदैछ।
अधिकारीले गत आइतबार (वैशाख ५ गते) दायर गरेको रिट सर्वोच्च अदालतले सोमबार दर्ता गरेको थियो । अधिकारीको रिट निवेदनको पेशी मंगलबारका लागि तोकिएको छ ।


अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै अर्थ मन्त्रालय, अर्थमन्त्री र सरकारले गठन गरेको छानबिन समितिलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।
अधिकारीले रिटमा आफूमाथि गरिएको निलम्बन फुकुवा गरी पूर्ववत् कामकारबाही गर्न दिन अन्तरिम आदेशको माग गरेका गरेका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश दिएमा अधिकारी काममा फर्किने छन् । सरकारले गत चैत २५ गते गभर्नर अधिकारीलाई विभिन्न आरोप लगाउँदै निलम्बन गर्ने निर्णय गरेको थियो। अधिकारीलाई निलम्बन गरेर डेपुटी गभर्नर निलम ढुंगाना तिमिल्सिनालाई कार्यवाहक गभर्नरको अधिकार दिइएको छ ।