आफ्नो पालिकाबाहेक अन्यत्र ठेक्कापट्टा गर्ने व्यक्ति उम्मेदवार बन्न पाउने सर्वोच्चको आदेश

होमल्याण्ड खबर

२०७९ बैशाख ७ गते, बुधबार १६:२७ मा प्रकाशित

सर्वोच्च अदालतले आफ्नो पालिकाबाहेक अन्यत्र ठेक्कापट्टा गर्ने व्यक्ति स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनसक्ने आदेश दिएको छ।

गत चैत १६ गते आयोगले उम्मेदवार हुन ‘कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पति सम्बन्धी व्यवहारमा संलग्न नरहेको’ स्वघोषणा गर्नुपर्ने निर्णय सार्वजनिक गरेको थियो। आयोगको उक्त निर्णयले ठेक्कापट्टामा लागेको व्यक्तिको राजनीति गर्न पाउने अधिकार हनन भएको दाबी गर्दै यादव श्रेष्ठले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।

उक्त निवेदनमाथि सुनुवाइ गर्दै सोमबार न्यायाधीश नहकुल सुवेदीको इजलासले ठेक्कापट्टा गरेको सम्बन्धित पालिकाबाहेक अरु स्थानीय तहमा उम्मेदवार हुन रोक नलगाउन आदेश दिएको छ। स्थनीय तह निर्वाचन ऐनअनुसार उम्मेदवार हुन सम्बन्धित पालिका वा वडामै मतदाता नामावली रहेको हुनुपर्नेछ।