महानगर र उपमहानगरमा उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै

होमल्याण्ड खबर

२०७९ बैशाख ८ गते, बिहीबार १०:३३ मा प्रकाशित

आसन्न स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवार टुंग्याउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार बैठक दिउँसो १ बजे बालकोटमा बस्ने भएको हो । ।   ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी टुंगो लगाउने उनले बताइन् । सत्तागठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो ।