एमालेका उम्मेदवार मञ्जलीविरुद्ध उजुरी दर्ता

होमल्याण्ड खबर

२०७९ बैशाख १३ गते, मंगलवार १७:२५ मा प्रकाशित

ललितपुर महानगरमा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरुद्ध निर्वाचन आयोगमा उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको छ ।

उपमेयरका उम्मेदवार शाक्यविरुद्ध मंगलबार आयोगमा ज्ञानबहादुर खत्रीले उजुरी दर्ता गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय ललितपुरले शाक्यविरुद्ध उजुरी परेको पुष्टि गरेको छ । २०७४ सालको प्रदेश सभा निर्वाचनमा शाक्यको नाम समानुपातिकतर्फको बन्द सुचिमा रहेको थियो । उनको नाम आयोगको बन्द सूचीबाट नहटाई महानगरको उपमेयरमा उम्मेदवारी दर्ता गरेको बताइएको छ ।