उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन सुरु, अन्तिम नामावली भोलि प्रकाशन हुने

होमल्याण्ड खबर

२०७९ बैशाख १४ गते, बुधबार १०:४२ मा प्रकाशित

स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि छानबिन सुरु गर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने छ ।

आयोगले बिहीबार नै उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने छ ।

यस्तै, आयोगले १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने बताएको छ । ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि मनोनयन साढे एक लाखले उम्मेदवारी दिएका छन् ।

आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो ।