सातामा दुई दिन बिदा दिने मन्त्रिपरिषदको निर्णय

होमल्याण्ड खबर

२०७९ बैशाख १४ गते, बुधबार १४:४८ मा प्रकाशित

जेठ १ गतेदेखि लागू हुनेगरि सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । अब सातामा दुई दिन शनिबार र आइतबार बिदा निर्णय गरेको हो ।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता कार्कीले शनिबार र आइतबार दुई दिन सार्वजनिक दिने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार आगामी जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको छ । मन्त्री कार्कीले यो निर्णयबारे विस्तृत रुपमा बताएका छैनन र यो परीक्षणको रुपमा बिदा दिने निर्णय भएको हो ।

इन्धन खपत कम गराउने भनेर आयाल निगमले यसअघि प्रस्ताव गरेको थियो।