१ चैत्र २०८२, आईतवार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केपी ओलीलाई लजिक मन नपर्न म्याजिक मन पर्ने बताएका छनु । उनले आफूहरुको घोषणापत्रलाई ओलीले ‘पागलहरुको प्रलाप’ भनेको विषयमा प्रतिक्रिया जनाउँदै यस्तो बताएका हुन् ।
“जसको मुखमा अंगार छ उसले ओकल्ने कालो नै हो,” उनले भने, “केपी ओलीले ककसलाई पागल भन्नुहुन्छ रु केही पहिला सुशीला कार्की र गोविन्द केसीलाई पागल भन्नुभयो । अहिले हामीलाई । उहाँको झुटलाई च्यालेन्ज गर्नेलाई गाली गर्ने नै पागल भनेर हो उहाँले ।”


उनले बढी सनकमा जाँदा शरीरलाई असर पर्ने भन्दै त्यसो नगर्न आग्रह गरे ।
“बूढा बा सनक्क गर्दा शरीरलाई असर गर्न सक्छ,” उनले भने, आफूसँग समय भएमा बालकोटमै गएर ओलीलाई ट्यूसन पढाउने चाहना रहेको पनि बताए ।