वैदेशिक रोजगारमा सानो बाटो मात्र नभएर राजमार्ग नै खडा गरिन्छ : मन्त्री विष्ट

होमल्याण्ड खबर

२०७५ पुष ३ गते, मंगलवार १२:३४ मा प्रकाशित

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारमा अबको बाटो सानो बाटो मात्र नभएर राजमार्ग नै खडा गर्न निरन्तर प्रयत्नरत रहेको बताए ।
मंगलबार वैदेशिक रोजगार प्रवर्दधन बोर्डले १८ औ अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आयोजना गरेको बैदेशिक रोजगार अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री विष्टले यस्तो बताएका हुन् ।

वैदेशिक रोजगारका क्षेत्रमा आम नेपाली श्रमिकको हकहितका लागि आफू जस्तोसुकै प्रयत्न गर्न तयार रहेको मन्त्री विष्टले बताए । श्रमिकका हकहितका लागि सरकारले चालेको कदममा खराब प्रयास गर्नेहरूले कुनै पनि अवरोध सिर्जना गर्न नसक्ने मन्त्री विष्टले दाबी गरे ।

मन्त्री विष्टले आप्रवासन वैदेशिक रोजगारको विषय मात्र नभएर अध्ययन, भ्रमण, बसाइसराइलगायत अरबौंको संख्यामा देश प्रदेश आवतजावत गर्ने मानिसको विषय भएकोले सुरक्षित, व्यबस्थित र मर्या्दित आप्रवासन को ब्यबस्था गर्नुपर्नेमा जोड दिए ।

रोजगारीका नाममा श्रमिकको भविष्यमाथि खेलवाड गर्ने जोसुकैले पनि उन्मुक्ति नपाउने भन्दै मन्त्री विष्टले भने, ‘वैदेशिक रोजगारीमा जाने कामदारको श्रम बेचेर राज गरिरहेकाहरुले यो क्षेत्रमा परिवर्तन हुन नदिनका लागि ठूलो चलखेलसँगै षड्यन्त्र भइररहेको छ ।’ तर षडयन्त्रकारी तत्वहरुको चलखेलले सरकारको काममा बाधा नपुर्याने उनले बताए ।
विश्वमा आप्रवासनमा रहेका अल्पविकासित देशका श्रमिकमाथि भेदभाव भइरहेको छ । यस विषयमा सबै आप्रवासनको रुपमा श्रमिक आपूर्ति गर्ने देशले मिलेर आवाज उठाउनुपर्ने उनको भनाइ थियो ।

नेपाली श्रमिकलगायत अल्प विकसित मुलुकका मानिसहरूले विश्वका जुनसुकै मुलुकमा सम्मानपूर्वक सुविधा पाउनुपर्ने मन्त्री विष्टले बताए ।
श्रमिकको सुरक्षा र रोजगारीका नाममा भइरहेको अनैतिक क्रियाकलाप रोक्न सरकारलाई सबै आम नागरिकको सहयोग आवश्यक पर्ने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बताएका छन् । त्यस्तै, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अक्ष्यक्ष कुलप्रसाद कार्कीले वैदेशिक रोजगारी र आन्तरिक श्रम बजारमा कार्यरत श्रमिकको सुरक्षा तथा रोजगारसम्बन्धी अधिकार संरक्षणका लागि सरकारले विशेष कमद चल्नु पर्ने धारणा राखेका थिए ।

मंगलबार विश्व आप्रवासन दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् १९९० डिसेम्बर १ का दिन आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेको थियो । सन् १९९० मा महासन्धि पारित भएपनि आप्रवासन दिवस भने सन् २००० बाट मनाउन सुरु गरिएको हो। नेपालले पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै आएको छ ।

विश्वव्यापीकरणसँगै यातायात र सञ्चार प्रविधिले फड्को मारेपछि श्रम तथा रोजगारीको बजार साँघुरिदै गएको छ । जसले गर्दा मानिसहरू एक ठाँउबाट अर्को ठाउँमा पुग्ने गरेका छन् । पछिल्लो समय रोजगारी तथा व्यापारका लागि फरक देश जाने प्रवृत्ति पनि बढ्दै गएको छ ।

विश्वमा २ अर्ब ४४ करोड आप्रवासीमध्ये १ अर्ब ५० लाख श्रमका लागि एक देशदेखि अर्को देश पुग्ने गरेका छन् । जसमध्ये महिलाको संख्या ४४ प्रतिशत छ ।
संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्तर्रा्िष्ट्रय श्रम संगठनको प्रतिवेदनअनुसार दक्षिण एसियाली क्षेत्रबाट मात्र २ करोड ५० लाख आप्रवासी श्रमिक खाडीलगायतका विभिन्न मुलुक पुग्ने गरेका छन् । विश्वमा वार्षिक २२ करोडभन्दा धेरै कामदार आप्रवासी बन्ने गरेको आइएलओको विभिन्न अध्ययनमा उल्लेख छ ।

अन्तर्रािष्ट्रय श्रम संगठन ९आइएलओ०ले गरेको एक अध्ययनअनुसार विश्वमा २५ करोडभन्दा बढी मानिस विभिन्न कारणले आफ्नो घर छाडी अन्य देशमा पुग्ने गरेका छन् । त्यसमध्ये २२ करोडभन्दा बढी मानिस कामको खोजीमा विदेशिने गरेका छन् ।