९ मंसिर २०८१, आईतवार
कहिल्यै नाम नै नसुनेका कम्पनी र ब्राण्डको मोबाइल फोन नेपाली बजारमा लक्षित गरिरहेका छन् । हरेक बर्ष नयाँ नयाँ ब्राण्डका फोनहरु बजारमा ल्याएको छ । यी फोन नयाँ ब्राण्डका नाम मात्र हुने मोबाइल फोन बिक्रेताहरु नै बताउँछन् । बिक्रेताका अनुसार वारेण्टी ग्यारेण्टी भनिए पनि सर्भिस सेन्टर नै प्राविधिक विहिन हुने गरेका छन् । कलर, जिओनी नयाँ ब्राण्डका रुपमा आउदा सर्भिस सेन्टर उपलब्ध गराए पनि अहिले यस्ता सर्भिस सेन्टर सुनसान प्रायः देखिन्छन् ।
मोबाइलको स्तरसँगै आयात पनि घट्यो
केही वर्ष अधि निकै तामझामसँग नेपाली बजारमा एग्रेसिप सैलीमा बजारमा प्रवेश गरेको जिओनी ब्राण्डका मोबाइल अहिले पसलहरुमा बिरलै पाइन्छ । पाइयो भने पनि केहही न केही डिफेक्ट देखिन्छ । यसरी डिफेक्ट देखिएका मोबाइल सेटका लागि कम्पनीले सुन्धारा स्थित सिटिसी मलमा सर्भिस सेन्टर त खोलेको छ । प्राविधिक छैनन् । मोवाइल नचलेर सर्भिस सेन्टर आएकाहरु धादिङका सागर अर्याल सर्भिस सेन्टरको हालत देखेर दिक्क भएका थिए ।
त्यसो त सिटिसी मलमा एक चीनियाँ प्रविधिक सहित ३ जनाको टिम पनि सक्रिय थियो । तर कम्पेन यसरी बढ्यो कि उनिहरुले धान्नै सकेनन् । कम्पेन गर्न आएका आक्रोशितहरुसँग रिसेप्सनिस्ट हैरान देखिन्थिन् । यद्यपि ती रिसेप्सनिस्ट संझाउँदै प्राविधिक तलव नदिएका कारण नबसेको र उनी सहयोग गरिरहेको जानकारी दिदै थिइन् ।
डम्पिङका रुपमा ल्याइएका स्तरहीन मोवाइलको कारण उपभोक्ता ठगिएका मात्र छैनन् । वातावरणीय असर पनि पर्न थालेको छ । हुदै नभएको फिचर लेखी झुक्याउने विरुद्ध सरकारले कारवाही गर्न नसक्दा यस्ता सामानले बजारलाई डोमिनेट गरेको उपभोक्ता सरोकार मञ्चकी अप्सरा कोइरालाले बताइन् ।
सरकारले स्तरहीन मोवाइल भित्र्याउने कम्पनीलाई कारवाही गर्न नसके पनि ग्रहाकले भने किन्न नै कमी गरेका छन् । फलस्वरुपः यसको असर नेपाल भिœयाइने मोवाइलको संख्यामा देखिएको छ । आर्थिक वर्ष २०७५÷०७६ को पहिलो तीन महिनामा मोबाइल सेटको आयात घटेको छ । भन्सार विभागका अनुसार यो अवधिमा अघिल्लो वर्षको तुलनामा मोबाइलको आयात घटेको हो ।
उपभोक्ता सरोकार मञ्चको अध्यानअनुसार नेपाली उपभोक्ता मोवाइलको क्यामराप्रति आकर्षित भएको जनाउँदै कम्पनीहरुले हुँदै नभएको मेगा पिक्सन लेख्ने गरेको पाइएको छ । स्टोरेज क्यापेसिटी तथा मोवाइलको कनेक्टिभिटी क्षमता पनि स्पेसिफिकेसनमा उल्लेख गरे अनुसार नभएको जनाएको छ ।
गत आर्थिक वर्ष २०७४÷०७५ को पहिलो तीन महिनामा करिब ८ अर्ब रूपैयाँको १७ लाख ६३ हजार २ सय ३ थान मोबाइल आयात भएको थियो। चालु आवको सोही अवधिमा झण्डै ७ अर्ब रूपैयाँ बराबरको १३ लाख, ६२ हजार, ३ सय ३१ थान मोबाइल सेट आयात भएको छ ।
४ लाख थान मोबाइल कम आयत
यो अवधिमा आयातित मोबाइलमध्ये सबैभन्दा बढी हिस्सा चिनियाँ फोनको छ। चीनबाट मात्रै झण्डै ६ अर्ब रूपैयाँ बराबरको ११ लाख, ७३ हजार, १ सय ७ थान आयात भएको छ । आव २०७४÷०७४ को सोही अवधिमा १४ लाख २५ हजार ४ सय ८५ थान मोबाइल चीनबाट भित्रिएका थिए । पछिल्लो समय विश्वमा डलरको मूल्य बढ्नु र बैङ्किङ तरलताले मोबाइल आयातमा गत वर्षको तूलनामा घटेको नेपाल मोबाइल व्यवसायी सङ्घका अध्यक्ष पुरूषोत्तम वस्नेत बताउँछन् । उनका अनुसार मोबाइल उत्पादनको हब चाइना भएकाले चाइनिज फोन बढी आयात भएको हा नेपाली बजारमा चाइनिज मोबाइलको माग पनि बढ्दो छ । उनले त्यसो भनेपनि सरकारले मूल्य अभिबृद्धि कर फिर्ताको स्किम हटाइदिएपछि व्यवसायीहरुले अवैध बाटोबाट मोबाइल ल्याउन थालेको आशंका गरिएको छ।
स्मार्ट फोनको बजार र प्रयोग बढीरहेका बेला अयात घट्नुलाई सरकारी अधिकारीहरुले स्वभाविक मानेका छैनन् । अघिल्ला वर्षमा चीनपछि भियतनामबाट धेरै मोबाइल आयात हुने भएपनि यो वर्ष भारतबाट बढी मोबाइल आयात भएको पाइन्छ । चालू आवको पहिलो तीन महिनामा सो मोबाइल आयात भएबाट सरकारलाई १ अर्ब, १७ करोड ४५ लाख ४८ हजार राजस्व प्राप्त भएको छ ।
नयाँ नयाँ मोडलका नाममा १ जीबी देखि ३२ जीबीका सम्म स्टोरेज क्षमता भएको मोडल रहेका छन् । कम्पनीका अनुसार बजारमा न्यूनतम ९ हजार रुपैयाँदेखि १६, हजार ५ सय रुपैयासम्ममा उपलब्ध हुनेछ । कुबोटका यी फोनहरुमा लेटेस्ट एन्ड्रोयड भर्सन, ५ देखि ५.५ इन्चसम्मका डिस्प्ले क्वालिटी, फिंगरप्रिन्ट, ड्यूल रियर क्यामरा जस्ता विशेषताहरु देखाए पनि वास्तविकता यस्तो नभएको भुक्तभोगीहरुका अनुभव छ ।