७ आश्विन २०८३, बुधबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बसुमाया तामाङले भोटेकोसी बाढीमा बेपत्ता नागरिकलाई एकद्वार प्रणालीबाट सामूहिक मृत्यु घोषणा र द्रुत मृत्यु दर्ता गर्न माग गरिन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले स्थानीय तहमा मृत्यु दर्ता र नाता प्रमाणित नपाउँदा पीडामाथि पीडा थपिएको बताइन् ।
प्रक्रियागत ढिलाइले बिमा र राहतबाट बञ्चित भएको बताइन् । अभिभावक गुमाएका बालबालिका पढाइबाट बञ्चित हुुने जोखिम रहेको बताइन् । कर्मचारी खटाएर घरघरमै मृत्युदर्ता र नाता प्रमाणित उपलब्ध गराउन माग गरिन् ।

