१ मंसिर २०८३, सोमबार
साताको पहिलो दिन आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले घटेर दुई लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।


त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १०० रुपैयाँले घटेर तीन हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदीको मूल्य प्रतितोला तीन हजार ७०० रुपैयाँ थियो।