पूजाका सामग्री बोकेर घाटतर्फ लागे कांग्रेस सभापति गगन थापा

होमल्याण्ड खबर

२०८३ कार्तिक ३० गते, आईतवार १५:२६ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्वको अवसरमा पूजाका सामग्रीले भरिएको ढाकी बोकेर नदी किनारस्थित छठघाटतर्फ लागेका छन्।

छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने धार्मिक विधिमा सहभागी हुन थापा ढाकी बोकेर घाटतर्फ गएका हुन ।

नेता थापाको यस सहभागिताले छठ पर्वप्रतिको धार्मिक आस्था, सांस्कृतिक सम्मान र सामाजिक सद्भावको सन्देश दिएको छ। मधेसको मौलिक संस्कृति र परम्परासँग गहिरो रूपमा जोडिएको छठ पर्व अहिले सबै समुदायको साझा आस्थाको पर्वका रूपमा स्थापित हुँदै गएको छ।