१ मंसिर २०८१, शनिबार
त्रिभुवन विश्वविद्यालयमा यस वर्ष स्ववियु चुनाव हुने सम्भावना टर्दै गएको समाचार आजको नयाँ पत्रिकाले तेस्रो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, चुनाव फागुनमा गर्ने शैक्षिक क्यालेन्डर छ ।
तर, त्रिविले अहिलेसम्म मिति समेत घोषणा गर्न सकेको छैन ।
दलका नेता र विद्यार्थी संगठनसमेत स्ववियु चुनावका लागि सकारात्मक देखिएका छैनन् ।
प्रमुख प्रतिपक्षी कांग्रेस स्ववियु चुनावको पक्षमा छैन ।
ठूला विद्यार्थी संगठनले औपचारिकताका लागि मात्र स्ववियु चुनाव हुनुपर्ने बताउँदै आएका छन् ।