१० मंसिर २०८१, सोमबार
बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल भलाडोलिडमाथि कठिन जित निकालेको हो ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १–० गोल अन्तरले पराजित गरी कठिन जित निकालेको हो ।
बार्सिलोनाका लागि लियोनल मेस्सीले निर्णायक गोल गरे ।
खेलको ४३ औं मिनेटमा पेनाल्टीबाट मेस्सीले गोल गर्दै बार्सिलोनालाई कठिन जित दिलाएका थिए ।
जितसँगै लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २४ खेलबाट ५४ अंक भएको छ । दोस्रो स्थानको एट्लेटिकाको ४७ अंक छ । तेस्रो स्थानको रियल मड्रिडको ४५ अंक छ ।