ने वि संघको तदर्थ समितिको सभापतिमा महामन्त्री त्रिपाठीको सम्भावना बलियो

होमल्याण्ड खबर

२०७५ फाल्गुन ७ गते, मंगलवार ११:३० मा प्रकाशित

नेपाल विद्यार्थी संघको तदर्थ समितिको सभापतिमा निवर्तमान महामन्त्री आनन्दराज त्रिपाठीको सम्भावना बलियो देखिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा बत्तिस वर्षमाथीको अध्यक्ष ल्याउने अवस्थामा त्रिपाठीप्रति सकारात्मक रहेका छन् ।

छिटै नेविसंघको नयाँ समिति ल्याउन सभापति देउवालाई पटक पटक भेटेर त्रिपाठीले आग्रह गरिसकेका छन् । भेटका क्रममा देउवाले बत्तिस वर्षमाथिको अध्यक्ष ल्याउने अवस्थामा त्रिपाठीप्रति आफु सकारात्मक रहेको बताएका छन् । त्रिपाठी नेविसंघभित्र शालिन, निस्कलंक नेताका रुपमा चिनिन्छन् । सरल स्वभाव र संगठनको काममा अनवरत लागिरहने नेताका रुपमा कार्यकर्तामाझ लोकप्रिय मानिन्छन् ।

पछिल्लो समय विद्यार्थी राजनीतिका नाममा चन्दा आतंक मच्चाउनेहरुको बोलवाला चलिरहँदा त्रिपाठी भने अहिलेसम्म कुनै विवादमा नतानिएका नेता हुन् ।