विवेकशील साझाको ठूलो माछा प्रदर्शनः ३० पक्राउ

होमल्याण्ड खबर

२०७५ फाल्गुन ८ गते, बुधबार १२:०४ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, नक्साल अगाडि बुधबार बिहान प्रदर्शन गर्ने विवेकशील साझा पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

‘अख्तियारः सानो माछामात्र होइन, ठूलो पनि समाउ’ भन्दै अख्तियारबाहिर प्रदर्शन गर्ने ३० भन्दा बढी आफ्ना नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विवेकशील साझाले जनाएको छ ।

बढ्दो भ्रष्टाचार तथा बेथितिको छानबिन माग गर्दै बुधबार बिहान विवेकशील साझाले अख्तियार अगाडि धर्ना कार्यक्रम राखेको थियो ।

पक्राउ पर्नेमा पार्टीकी प्रदेश ३ संयोजक समीक्षा बास्कोटासहित केन्द्रीय सदस्य मानवी पौडेल, काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठलगायत रहेको पार्टी संयोजक रवीन्द्र मिश्रले ट्विटरमार्फत जानकारी दिएका छन् ।

अख्तियार अगाडि धर्ना तथा नारावाजी गरेर अवरोध गरेपछि प्रदर्शनकारीहरुलाई पक्राउ प्रहरीले जनाएको छ ।