१० मंसिर २०८१, सोमबार
आईसीसी महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली समुहको छनोट खेलमा थाईल्याण्डसँग नेपाल पराजित भएको छ।
बैंककमा आज भएको खेलमा नेपाल ५७ रनले पराजित भएको हो ।
घरेलु टोलीले दिएको १२५ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६७ रनमात्रै बनाउन सक्यो । नेपालका लागि ईन्दु बर्माले २९ रन तथा सिता रानामगरले १८ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको थाईल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२४ रन बनाएको थियो । उसका लागि चुनिंदा सुतिरांगले ३५ रन जोड्दा नरुमल चाईवाईले ३२ रनको योगदान दिईन् ।
बलिङतर्फ नेपालकम नेरी थापा र कविता कुावरले २/२ विकेट लिए ।
महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालसहित ७ राष्ट्रले भाग लिएका छन् । नेपालले आफ्नो तेस्रो खेलमा भोलि युएईसँग खेल्नेछ ।