१० मंसिर २०८१, सोमबार
तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा रुपन्देही च्यालेन्जर्सलाई १ रनले हराउँदै महेन्द्रनगर क्वालिफायर्समा पुगेको छ ।
बिहिबार फाप्ला क्रिकेट मैदानमा भएको खेलमा ११६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा ९ विकेट गुमाएर ११४ रन मात्र बनाउन सकेपछि महेन्द्रनगर युनाईटेड क्वालिफायर्समा पुगेको हो ।
रुपन्देहीका लागि प्रदीप सिंह ऐरी र बाबर हायतले समान २८/२८ रन बनाए । विनोद भण्डारी २३ रनमा आउट हुँदा सन्दीप सुनार १४ रनमा आउट भए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ११५ रन बनाएको थियो ।
रुपन्देहीका ललित भण्डारी एक्लैले ४ विकेट लिए । यस्तै पुनित मेहेराले ३ तथा कप्तान बसन्त रेग्मीले एक विकेट लिए ।
अब महेन्द्रनगरले फाइनल प्रवेशका लागि शुक्रबार हुने दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेनन्सको सामना गर्नेछ । विजेताले शनिबार हुने फाइनलमा सिवाईसी अत्तरियाको सामना गर्नेछ ।
रुपन्देही भने प्रतियोगिताबाट बाहिरिएको छ ।