१० मंसिर २०८१, सोमबार
आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा संयुक्त अरब ईमिरेट्स युएईले नेपाललाई जितका लागि ४२ रनको लक्ष्य दिएको छ ।
थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा युएईले नेपाललाई जितका लागि ४२ रनको सामान्य लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको यूएईले १७.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४१ रन जोड्न सक्यो ।
युएईका लागि चामनी रोशनी सिनिभिरत्नाले सर्वाधिक १३ रन जोडिन् । अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालकी नेरी थापाले ४ विकेट तथा सिता राना मगर, सोनु खड्का र कृष्णा कुँवरले २/२ विकेट लिए ।