फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता हुनैपर्छः मन्त्री बास्कोटा

होमल्याण्ड खबर

२०७५ फाल्गुन १० गते, शुक्रबार १६:२० मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता हुनैपर्ने बताएका छन् ।

शुक्रबार संघीय संसदमा दर्ता भएको सूचनाप्रविधिसम्बन्धी विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले यस्तो अभिब्यक्ति दिएका हुन् ।

कहिँ नभएको कुरा नेपालमा मात्र ब्यवस्था गर्न लागेको नभई अन्य देशले गरेको व्यवस्था नेपालमा पनि अनुकरण गरिएको बताउँदै उनले भने, ‘फेसबुक, ट्वीटर, गुगल, वीच्याट, किमो होस् । अन्त खोल्न हुन्छ, हामीकहाँ खोल्न हुँदैन ?’ उनले भने ‘स्वतन्त्रताका नाममा एउटा शब्दाबलीभित्र जे गरे पनि हुन्छ भन्ने हुन्न ।

हाम्रो पनि स्वाभिमान छ, हाम्रो देश हो, हाम्रो जनता हुन्, त्यसैले हामीले यो व्यवस्था गरेको हो ।’

सूचना प्रविधिमा अब्बल र प्रजातान्त्रिक मुलुकहरुमा यस्तो व्यवस्था रहेको भन्दै मन्त्री बास्कोटाले नेपालमा पनि यो व्यवस्था गर्न लागेको भन्दै उनले कहिँ नभएको कुरा यहाँ गर्न खोजिएको नभएर संस्कार, संस्कृति, विकृती, अपराधलाई छुट नदिने नै यस्तो गर्न लागिएको बताए ।

स्वतन्त्रताको सिमा हुन्छ तर मर्यादाको सिमा हुँदैन भन्दै उनले उनले ती कम्पनी दर्ता भएसँगै प्रयोगकर्तामाथि पनि सरकारले निगरानी गर्ने र आपत्तीजनक कुरा हटाउन लगाउने बताए। उनले भने, ‘कुनै पशुको ज्यानमा कुनै चिनिएको मान्छेको टाउको राख्ने कुरा नदिने नै हो। यसमा कसैको चित्त दुख्छ भने दुखोस्।’