१० मंसिर २०८१, सोमबार
नेरी थापा एक्लैले ६ विकेट लिएपछि हङकङले आईसीसी महिला विश्वकप अन्तर्गत एसिया छनोटमा नेपाललाई ६३ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको हङकङले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ६२ रन बनायो ।
एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीको मैदानमा हङकङका लागि मरिनाले १९ रन बनाइन् । यसमिन दासवानीले १६ तथा बेला पोनले ११ रन जोडिन् ।
हङकङका ६ खेलाडीले सस्तैमा समेट्न नेपालकी नेरी थापाले ६ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी नेरीले ८ रनमात्र खर्चिएकी थिइन् । उपकप्तान सिता रानामगरले २ विकेट लिइन् ।
६३ रनको लक्ष्य पाएको नेपालले अहिले जवाफी ब्याटिङ गर्दैछ ।