कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघका दुई समूहबीच झडप: ७ कार्यकर्ता घाइते

होमल्याण्ड खबर

२०७५ फाल्गुन १२ गते, आईतवार १४:२१ मा प्रकाशित

नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रमुख भातृ संगठन (नेपाल विद्यार्थी संघ) नेविसंघका दुई समूहबीच झपड भएको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेविसंघको विवाद छिटो टुङ्गाउन माग गर्दै धर्नामा बसेका उनीहरुबीच आपसमा झडप भएको हो ।

सिटौला पक्षधर विद्यार्थीहरु ३२ वर्षे हदबन्दीको पक्ष र शेरबहादुर देउवा निकट विद्यार्थीहरुले विपक्षमा नार लगाएपछि झडप भएको नेताहरुले बताएका छन् ।

निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले निकट विद्यार्थी सुशील भट्ट नेतृत्वको टोलीले तदर्थ समित बनाउँदा ३२ वर्षे हदबन्दी लागु हुने पर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।

काफ्ले समूहले ३२ वर्ष मूनिको तदर्थ समिति गठनको माग गर्दै आज बिहानैबाट नाराबाजी गर्दै आएको छ ।

विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि प्रहरीले लाठीचार्ज समेत गरेको छ । प्रहरीले लाठीचार्ज गरेपछि दुई पक्षबीच झडप भएको छ । झडपमा ७ जना नेविसंघका कार्याकर्ता घाइते भएको र उनीहरुलाई उपचारको लागि अस्पतालल लगिएको बताइएको छ ।

सुरुमा दुई पक्षले एकअर्कालाई पानीको बोत्तलले हानाहान गरेको र पछि ढुंगा हानाहान गरेको प्रहरीले बताएको छ ।