नेविसंघको झडपमा पत्रकार समेत कुटिए

होमल्याण्ड खबर

२०७५ फाल्गुन १२ गते, आईतवार १४:२८ मा प्रकाशित

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा रिपोर्टिङ गर्न गएका पत्रकारहरु कुटिएका छन् ।

नेपाली कांग्रेसका दुई पक्षिय विद्यार्थीहरु बिच झडप हुने क्रममा रिपोर्टिङमा रहेका पत्रकारहरु बाह्रखरीका केशव साउद र नागरीककी सुनिता डंगोल कुटिएका हुन् ।

आफुहरु रिपोर्टिङको क्रममा सानेपा पुग्दा दुई पक्षका विद्यार्थीबीच झपड चलिरहेको र प्रहरीले उनीहरुलाई नियन्त्रण गर्ने क्रममा आफुहरुलाई समेत लाठी जार्च गरिएको बाह्रखरीका साउदले बताए ।

सभापती शेरबहादुर देउवा पक्ष र सिटौला पक्षका विद्यार्थीबीच झडप भएपछि केन्द्रीय कार्यालय तनाव ग्रस्त बनेको छ । झडपका क्रममा ७ जनाभन्दा बढी घाइते भएको नेविसंघले जनाएको छ ।

दुई पक्ष बिच झडप भएसँगै प्रहरीले लाठि चार्ज गरेको छ । कांग्रेस केन्द्रीय समितिको बैठक बस्नु अगाडि यो अवस्था सृजना भएको हो ।