देशलाई समृद्ध बनाउनका लागि व्यावसायिक र प्राविधिक शिक्षा आवश्यकः मन्त्री पोखरेल

होमल्याण्ड खबर

२०७५ फाल्गुन १३ गते, सोमबार १०:३२ मा प्रकाशित

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अबको युग प्राविधिक शिक्षाको भएको बताएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को ३१ औं वार्षिकोत्सवको अवसरमा आइतवार सानोठिमीमा आयोजित कार्यक्रममा बोल्दै उनले देशलाई समृद्ध बनाउनका लागि व्यावसायिक र प्राविधिक शिक्षा आवश्यक रहेको बताएका हुन् ।

अबको दुई वर्षमा सबै स्थानीय तहमा प्राविधिक शिक्षा स्थापना गर्ने गरी सरकारले काम गरिरहेकाले चर्चा गर्दै देशलाई समृद्धि बनाउनका लागि सीटीइभीटीका भूमिका महत्वपूर्ण भएको बताए । शिक्षा सेवामा काम गर्ने व्यक्ति नाफामुखी भन्दा पनि सेवामुखी हुनुपर्ने भन्दै निजी शैक्षिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई सेवामुखी बन्न निर्देशन दिएका थिए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाले सरकारले निर्माण गर्न शिक्षा ऐनले सीटीइभीटीको मर्ममा कँही पनि कमी हुन नदिएको दाबी गरिन् । वर्तमान सरकारको नारा समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्न सीटीइभीटीको भूमिका सधै सराहना हुने उनको भनाई थियो ।

सो अवसरमा दोलखास्थित जिरी प्राविधिक शिक्षालका कर्मचारी देबबहादुर जिरेललाई यस वर्षको सवोत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरिएको थियो, त्यस्तै उत्तरपानी प्राविधिक शिक्षालय धनकुटाका कर्मचारी रामकृष्ण डङ्गोल, बागलुङको धौलागिरी प्राविधिक शिक्षालयका बज्रमोहन पौडेल, राप्ति प्राविधिक शिक्षालयका सुमेरन चौधरी र सीटीइभीटी केन्द्रीय कार्यालयका शान्ति मल्ल भुजुलाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरिएको थियो ।